राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानी वितरणको आज औपचारिक उद्घाटन हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानी वितरणको आज औपचारिक उद्घाटन हुँदै

काठमाडौं, २० चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।

मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने आजबाट हुन लागेको हो । दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने बताइएको छ ।

यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

त्यसैगरी आजदेखि नै नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);