सबै भूमिहीनलाई दशैं अगाडि नै जग्गा : अध्यक्ष ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सबै भूमिहीनलाई दशैं अगाडि नै जग्गा : अध्यक्ष ज्ञवाली

खोटाङ, १९ चैत । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले ७७ वटै जिल्लाका भुमिहीन नागरिकलाई आगामी दशैं अगाडि नै जग्गा उपलब्ध गराउने बताएको छ ।

जिल्लामा गठित समितिको गतिविधि अनुगमन गर्न खोटाङ आउनुभएका अध्यक्ष ज्ञावलीले सबै जिल्लामा आयोगका समिति निर्माण तथा कार्यालयसमेत स्थापना गरेर काम थालनी गरिसकेकोले दशैं अगाडी नै जग्गा उपलब्ध गराउन बताएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञावलीले देशका ७ सय ५३ वटा स्थानीय तहमध्ये ५ सय ४ वटामा कार्यसम्पादन सम्झौतासमेत सम्पन्न गरिएको उल्लेख गरे । यसअघि सङ्कलन गरिएका तथ्याङ्कले काम नदिएकाले यस वर्ष आयोगले तथ्याङ्क सङ्कलनलाई व्यवस्थित गर्ने काम गरेको उनले जनाए ।

कुनै व्यक्तिले पहुँचको भरमा फारम भरेर जग्गा लिएको खण्डमा आयोगले नेपाल सरकारको नाममा फिर्ता गराउने बताएको छ । दश स्थानीय तह रहेको खोटाङमा करीब ६ सय भूमिहीन रहेको अनुमान गरिएको जिल्ला समितिका विज्ञ सदस्य खेमराज देउसालीले बताए ।

जिल्लाका समस्या समाधानका लागि सबै स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);