राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न

राजिव शाह
सर्लाही ,चैत १९ ।
“मेरो गणना मेरो सहभागिता” भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्ला स्तरिय सचेतना गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । जनगणना २०७८ का लागि जिल्ला जनगणना कार्यालय मलंगवा, सर्लाहीले बिहीबार सरोकारवालाहरुसँग जिल्लास्तरीय सचेतना गोष्ठी गरेको छ ।

कार्यक्रममा जिल्ला जनगणना अधिकारी राजु पोखरेलले जनगणनाको परिचय, उद्देश्य, महत्व तथा संक्षिप्त इतिहास, जनगणना, संचालनको कानूनी प्रावधान, गणना विधि, संगठन संरचना र समन्वय संयन्त्र प्रश्नावली सम्वन्धी विषयक्षेत्रहरु, राष्ट्रिय जनगणना २०७८ र जनगणना सम्बन्धी मुख्य दिनहरु र जनगणना कार्यालयको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले हरेक नेपालीको घरघरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ विधि प्रयोग गरेर २०७८ सालको जनगणना हुने बताए । नेपालमा पहिलो पटक जनगणना लिने कार्य वि। सं। १९६८ साल देखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ ।

जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख मेथुर चौधरी, प्रहरी उपरीक्षक संतोष सिंह राठौर,मलंगवा नगरपालिकाका मेयर निरसल साह, विभिन्न स्थानीय तहका प्रमुख , कार्यालयका प्रमुख,गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि ,नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला जनगणना समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);