पोखरामा लखन थापाको पूर्ण कदको शालिक निर्माण पुरा | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

पोखरामा लखन थापाको पूर्ण कदको शालिक निर्माण पुरा

lakhan-thapa

काठमाडौं, १ फागुन । पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक निर्माण गरिएको छ ।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकमा शहीद लखन थापाको पुर्ण कदको शालिक निर्माण गरेको हो । पहिले त्यहि स्थानमा लखन थापा कै शालिक थियो । पछि सडक विस्तार गर्ने क्रममा सडकमा रहेको आईल्याण्ड हटाउँदा थापाको शालिक पनि हटाइएको थियो । पछि केही जातिय समुदायको विरोध र आन्दोलनका कारण त्यहाँ रहेको थापाको अर्धकदको शालिक राखिएको थियो ।

अहिले पुनः सोही ठाउँमा पूर्ण कदकै शालिक राखिएको हो । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै शालिकहरुलाई पार्कमा लगेर राख्ने अभियान चलाएकोमा अहिले फेरी एकाएक शालिकहरु पूरानै ठाउँमा राख्ने अभियान थालिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);