चार कराेड खर्चेर 'भक्ति थापा पार्क' निर्माण, ३० फिट अग्लाे शालिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चार कराेड खर्चेर ‘भक्ति थापा पार्क’ निर्माण, ३० फिट अग्लाे शालिक

लमजुङ । लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए ।

भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो । उनका अनुसार ५ रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ ।  शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ । पार्कको सम्पूर्ण डिपिआर ३ करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै हालसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताए ।

भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए ।  देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर निधन भएको थियो । अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ । उनी लमजुङस्थित पुँवर थापा परिवारमा जन्मीएका हुन् । १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);