सरकारको काम देखेर नआत्तिन मन्त्री बास्कोटाको नेपाली काँग्रेसलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारको काम देखेर नआत्तिन मन्त्री बास्कोटाको नेपाली काँग्रेसलाई आग्रह

gokul baskota

 सुर्खेत, १ फागुन । सरकारका प्रवक्ता एवं संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको काम देखेर नआत्तिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारण संघले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय सम्मेलन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता एवं संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको काम देखेर नआत्तिन र धैर्य हुन आग्रह गरे । जग हालेको दिनमा नै घर पुरा हुँदैन भन्दै मन्त्री बास्कोटाले जग हालेको महिना दिन पछि वा दुई महिना पछि घर तयार हुने भन्दै विपक्षीलाई बुझ्न सुझाव दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले नेपाली कांग्रेसलाई सत्ताको सपना नदेख्न चेतावनी दिएका छन् । नपाली काँग्रेसका लागि सत्ताको बाटो उकालो लागेकोले अब सत्तामा आउनको लागि कठिन भएको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई समृद्धि तिर लाने समय आएको बताए । कर्णालीमा धेरै सम्भावनाहरु रहेको र यो ठाँउमा के के सम्भानाहरु छन् त्यो पत्ता लाउनु पर्ने बेला आएको पनि उनले बताए ।

विश्व रेडियो दिवसका अवसरमा सम्मेलनमा सहभागी अधिकांस वक्ताहरुले धेरै समय रेडियोकोबारे भन्दा पनि सत्ता पक्ष र प्रतिपक्षको बारेमा समय खर्चेर भाषण गरे । कार्यक्रममा संघीयताको संस्थागत विकासको लागि सामुदायिक रेडियोको भूमिका र पत्रकारहरुले पालना गर्नु पर्ने आचार संहिताकोवारेमा भने वक्ताहरुले खासै महत्व दिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);