कम्युनिष्टको विरुद्धमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कम्युनिष्टको विरुद्धमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ : देउवा

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।

कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाई छ । उनले भने – ‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप बराबर नै ३३ प्रतिशत महिलाहरुलाई हाम्रो पार्टीमा पनि आरक्षण गरेका छौँ हामीले । महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छ महिलाहरुले, हराउनपनि सक्छ । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ । महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुप¥यो ।’

सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने – ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);