प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी : देउवा

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरी कांग्रेसमा आउनुभएका पुर्व मन्त्री सुनिलबहादुर थापासहितलाई कांग्रेस प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले सरकारमा प्रजातन्त्र विरोधि शक्तिहरु रहेको भन्दै सरकारकै कारण प्रजातन्त्र माथि संकट आउने अवस्था आएको दाबी गर्नुभयो । देउवाले सरकारबाट प्रेस स्वतन्त्रता कमजोर पार्ने काम भएको समेत बताउनुभयो । उहाँले फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ सिर्जना भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले प्रजातन्त्रको सुदृढिकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि सबै एक हुनु आवश्यक रहेको बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा पूर्व मन्त्री थापाले विक्रम सम्बत २०१० सालबाट नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोडिन पाएकोमा आफुलाई खुसी लागेको बताउनुभयो ।

सुनिलबहादुर थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि उल्लेख गर्नुभयो । थापालाई कांग्रेसमा सहमहामन्त्री बनाइएको छ । गत शनिबार राप्रपा परित्याग गरेका थापासहितका राप्रपाका नेताहरु मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);