नेपालको समुन्नत विकास युवाको काँधमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपालको समुन्नत विकास युवाको काँधमा

काठमाडौं, २ भदौ । विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत विकाशको लागि युवाको काँधमा जिम्मेवारी आएको बताउनु भएको छ । काठमाडौँमा राष्ट्रिय युवा संसद्को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापा र नेपाल कम्युनिष्ट पार्टीकि नेतृ तथा सांसद रामकुमारी झाँक्रीले विद्यमान समाज र नेपाली अर्थ व्यवस्थाले सृजना गरेको विभेदको अन्त्य नगरे सम्म समुन्नत नेपालको कल्पना गर्न नसकिने बताउनु भएको हो ।

सांसद थापाले नेपालको बिगत आर्थिक सामाजिक रुपमा विभेदकारी नीतिबाट चलेको हुँदा सम्पूर्ण सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी भएको बताउनु भयो ।

यो विभेद नहटाएसम्म सामाजिक विकास नहुने भन्दै सांसद थापाले अबका युवाले विभेद बिरुद्ध लड्नुपर्ने बताउनु भयो । अहिले राजनैतिक व्यवस्थाको परिवर्तन भन्दा यसै व्यवस्थाबाट समुन्नत नेपालको बाटो बनाउन सकिने भन्दै युवालाई समाजको अग्र मोर्चामा आएर विभेद बिरुद्ध लड्न आग्रह गर्नु भयो ।

यस्तै युवा संसदलाई सम्बोधन गर्दै नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वर्तमान अर्थ व्यवस्थाले नेपाली युवालाई स्वदेशमा रोकेर राख्न नसक्ने बताउनु भयो ।

सरकार संचालन गर्ने राजनैतिक पार्टीले दीर्घकालीन सोच नराखी बजेटमा आउने पपुलिष्ट कार्यक्रमले युवालाई प्रभाव नपार्ने बताउनु भयो । नेतृ झाँक्रीले अब युवाहरु आफै राज्य संयन्त्रमा प्रवेश गर्ने गरि आउनु पर्ने आवश्याकता रहेको बताउनु भयो ।

ग्लोबल युथ पार्लियामेन्टले हरेक वर्ष भिन्न बिषयमा राष्ट्रिय युवा संसद भनेर छलफल चलाउँदै आएको छ । आजको कार्यक्रममा देश भरका १६५ जना युवा युवतीले बातावरण र पर्यटनको विषयमा छलफल गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);