नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छः सांसद महासेठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छः सांसद महासेठ

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको हो । उहाँले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताउनु भयो । उहाँले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले कारागार सुधार गृहको रुपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);