‘नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व–बलाधिकृत रथी केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

‘नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व–बलाधिकृत रथी केसी

काठमाडाैं ।

नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाउन नहुने बताउनुभएको हो । सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्न आग्रह गर्नुभयो ।

रथी केसीले राष्ट्रिय एकीकरणको इतिहासदेखि नै सेनाले अतुलनीय योगदान पुर्याउँदै आएको बताउनु भयो । उहाँले वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्नसक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनु भयो ।नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षार्थ वहन गरेको भुमिकाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पु¥याएको योगदानले आज सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको उहाँको भनाइ थियो । केसीले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता र व्यावसायिक चरित्रको समेत प्रशंसा गर्नुभयो ।

Leave a Reply

ताजा समाचार