काठमाडौं–निजगढ द्रुतमार्गको डिपीआर छिट्टै स्विकृत हुन्छ : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं–निजगढ द्रुतमार्गको डिपीआर छिट्टै स्विकृत हुन्छ : मन्त्री महासेठ

raghubir mahaseth

काठमाडौं, १२ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ द्रुतमार्गआयोजनाको डिपीआर सरकारले छिट्टै स्विकृत गर्ने बताउनु भएको छ ।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको स्विकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्विकृत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी पनि गर्नु भयो ।

यता, नेपाली सेनाले भने सो आयोजनाको डिपीआर स्विकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो । तर मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गर्नु भयो ।

उहाँले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिनु भयो । डिपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्विकृत गर्ने मन्त्री महासेठको भनाई छ ।

मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डिपीआर स्विकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डिपीआर स्विकृत गरेको भन्दै सरकारको आलोचना गर्नु भयो ।

सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);