काठमाण्डौ–निजगढ मार्गको डिपिआर तत्काल स्वीकृत गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाण्डौ–निजगढ मार्गको डिपिआर तत्काल स्वीकृत गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण

bikas samiti

काठमाडौं, ९ असार । संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिको सोमवार बसेको बैठकले आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ । बैठकमा आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डिपीआर मन्त्रीपरिषद बैठकबाट स्वीकृत नभएकाले सो आयोजनाको पुल र सुरुङ निमाणको कामलाई अघि बढाउन समस्या भएको जानकारी गराउनु भएको थियो । आयोजनाको पछिल्लो कार्य प्रगति विवरणलाई हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो । बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको लागत र समय दुवै बढने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

यता, आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेश गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डिपीआर स्विकृतिमा ढिलाई भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराउनु भएको थियो ।

२०७८ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खर्व पुग्ने नेपाली सेनाको अनुमान छ ।

ताजा समाचार