काठमाडौं तराई मधेस द्रूतमार्ग, तोकिएकै समय पूरा गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं तराई मधेस द्रूतमार्ग, तोकिएकै समय पूरा गर्न निर्देशन

drutmarg

काठमाडौं, १० असार । संघीय संसद्को विकास तथा प्रविधि समितिले तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोजना सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल स्वीकृत गरी नेपाली सेनालाई दिनसमेत समितिले निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले डीपीआर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नभएकाले आयोजनाको पुल र सुरुङ निर्माण अघि बढाउन समस्या भएको जानकारी दिए ।

आयोजनाको पछिल्लो कार्यप्रगति विवरण हेरेपछि समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले बताइन् । मन्त्रिपरिषद् बैठकमा पेश गरेको आयोजनाको डीपीआर तत्काल स्विकृत गरी सेनालाई दिन पनि समितिले सचेत गराएको उनले जानकारी दिइन् ।

बैठकमा समिति सदस्यले आयोजनाको लागत र समय बढ्ने भन्दै चिन्ता व्यक्त गरे । ‘नेपाली सेनाले आगामी  दुई वर्षभित्र आयोजना सम्पन्न गर्न सक्दैन,’)समिति सदस्य गणेश पहाडीले भने, ‘अहिलेसम्म पुल र सुरुङ निर्माण सुरु नभएकाले आयोजना दुई वर्षभित्र सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ ।’

अर्का समिति सदस्य जिपछिरिङ लामाले आयोजनाको काम आगामी पा“च वर्षभित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दाबी गरे । सेनाले अहिलेसम्म गरेको काम सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले त्यसको लागतसमेत बढेर जानेमा चिन्ता व्यक्त गरे ।

आयोजना निर्माण हुनसक्ने मिति र लागत नेपाली सेनाले भन्नुपर्ने सांसद लामाले बताए । ‘छिटोछिटो काम भयो भने पनि अझै पा“च वर्ष लाग्छ, सेनाले स्पष्ट जवाफ दिनुप¥यो,’ उनले भने, ‘मेलम्चीको जस्तो हालत नहोस् ।’ यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);