स्वार्थका लागि सेनालाई विवादमा तान्ने प्रयास हुने गरेका छन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

स्वार्थका लागि सेनालाई विवादमा तान्ने प्रयास हुने गरेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे ।

कानून उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादपत्रिविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उनले गरे ।

प्रधामनन्त्रीले भने “आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालका प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदासयतापुर्ण र राम्रा कृयाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरु उचाल्ने । त्यस्तो कुराहरु गर्नहुदैन । नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयासहरुसंग सर्तक हुनुपर्छ । ”

उनले सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको दाबी गरे । विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);