वीपी राजमार्गको सुख्खा पहिरोले अबरुद्ध सडक निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वीपी राजमार्गको सुख्खा पहिरोले अबरुद्ध सडक निर्माण सुरु

राजन विक, सिन्धुली ५, बैशाख । सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको वीपी राजमार्गको दई महिनापछि निर्माण थालिएको छ । गत फागुन ९ गते राती सडक भत्कीएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले नै सडकको निर्माण थालेको हो

वीपी राजमार्गको सुख्खा पहिरोले अबरुद्ध सडक निर्माण सुरु

 

 

राजन विक, सिन्धुली ५, बैशाख । सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको वीपी राजमार्गको दई महिनापछि निर्माण थालिएको छ । गत फागुन ९ गते राती सडक भत्कीएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले नै सडकको निर्माण थालेको हो । सडकको क्षतीबारे स्थलगत अध्ययन पछि छोटो समयमाको टेण्डर आह्वान गरि सडकको सोमबारबाट निर्माण थालिएको विपी राजमार्गका इन्जीनियर रमेश आचार्यले बताउनु भयो । जापानी सहयोग नियोगले मर्मत गरिदिने जनाइएपनि अन्तत जापानीज कम्पनीले मर्मतका लागि पैसा नभएको जनाएपछि नेपाल सरकारले नै बजेटको व्यस्थापन गरेर सडकको मर्मत थालेको उहाँले बताउँनु भयो ।

 

सडक निर्माण सम्पन्न गरि नेपाल सरकारकालाई हस्तान्तरण गरेको एक वर्षमै भत्कीएपछि सरकारले उक्त सडक मर्मतका लागि जापानीज निर्माण कम्पनीलाई नै भनेको थियो । तर, सरकारले नै सडकको निर्माण कार्यलाई सुरु गरेपछि सडकको मर्मत कार्य स्वच्छन्द निर्माण सेवाले पाएको छ । कम्पनीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सोमबारबाट काम थालेको इन्जीनियर आचार्यको भनाई छ । सोमबारबाट सडकको मर्मतका लागि प्राविधिक इन्जीनियर, निर्माण सेवा कम्पनीका कर्मचारी, उपकरण लगायताका सबै सामाग्री ल्याएर काम भएको उहाँले थपे । निर्माण कम्पनीले दुई महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने सर्त छ ।

 

राजमार्गमा पहिरो गएपछि अहिले करिव अढाइ किलोमिटर कच्चि सडकमा ट्रयाक सञ्चालन गरि यातायातका साधनहरु सञ्चालनमा ल्याइएको छ । सडक भत्केकै स्थानबाट सडकको निर्माण कार्य थालीएको बताइएको छ । पहिलो चरणमा भत्केको सडकको भित्तापट्टिको भागलाई खारेर ट्रयाक निर्माण गरि पिच गर्ने र भत्केको भागको तल सुनकोसी नदीबाटै जग राखेर वाल उठाउने इन्जीनियर आचार्यले थप्नु भयो । ट्याक सडकमा यातायातका साधनहरु सञ्चालन गर्दा दुर्घट्ना बढ्ने खतरा रहेका कारण पनि आयोजनाले क्षतीग्रस्त सडकको पुनर्निर्माण तत्काल थालेको बताइएको छ । सुख्खा पहिरो गएर अबरुद्ध भएपछि ड्राइभर्सन निर्माण गरी बीपी राजमार्ग सञ्चालनमा ल्याइएपनि घण्टौं जाम हुन थालेको छ ।

 

सडको करिब ३० मिटर पिच सुख्खा पहिरोसंगै सुनकोसी नदीमा खसेपछि बनाइएको ड्राइभर्सन सानो र कच्ची भएपछि सवारी साधन ओहोर दोहोर गराउँन घण्टौं समय लाग्ने गरेको हो । एक तर्फीमात्र सवारी सञ्चालन गरिएपछि दुबै तर्फको सवारी साधन ओहोर दोहोर गराउँन घण्टौ पालो कुर्नु पर्ने समस्या आएको यात्रु तथा यातायात ब्यावसायीहरुकोे गुनासो छ । एक पटकमा एकापट्टीको मात्र सवारी साधन पास गर्नु पर्दा अर्को पट्टीको सवारी साधन र यात्रु जाममा बस्नु पर्छ । दैनिक सवारी साधनको चाप बढ्दै जाँदा पालै पालो यात्रा गर्नु पर्छ,’ यातायात इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी विश्वराम नगरकोटीले भन्नु भयो, ‘दोहोरो सवारी पास गराउँन कम्तीमा एक घण्टा लाइन बस्नु पर्ने हुन्छ । उहाँका अनुसार दुबै तर्फ हजारौ सवारी साधनहरु लाइनमा हुन्छन् ।

 

उनिहरुलाई ड्राइभर्सन पार गर्न चार घण्टासम्म लाग्छ । हतारमा यात्रा गर्नेहरुलाई सास्ती भएको उहाँकोे भनाई छ । लामो सयमसम्म सडक पार गर्न नसक्दा विमारी र अत्यावश्यकीय सवारी साधनहरुलाई समस्या भएको छ । विमारी लिएर काठमाण्डौं जाने आउने एम्बुलेन्स जाममा परेर बस्नु पर्दा थप जोखीम मोल्नु पर्ने अबस्था आएको उहाँले थपे । प्रहरीले दुबै तर्फबाट पालै पालो गरेर एक एकवटा सवारी साधनहरुलाई मात्र पास गराउने गरेको छ । ठुला सवारी साधनहरुले पनि उक्त ट्रयाक सडकनै प्रयोग गरेर भत्केको सडक पार गर्न जवरजस्त गरेपछि ट्राफिक व्यवस्थापनमा थप चुनौंती थपीएको प्रहरीले जनाएको छ ।

 

उक्त राजमार्गमा दैनिक ६ हजारबढी साना ठुला सवारी साधनहरु ओहोर दोहोर गर्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले उक्त राजमार्गमा दश टनबढी भार क्षेमताका सवारी साधनहरु सञ्चालनमा रोक लगाएपनि नियन्त्रण हुन नसक्दा सडकमा क्षेती पुगेको बताइएको छ । उक्त राजमार्ग हुँदै सिन्धुली, रामेछाप, दोलखा, खोटाङ्, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका पूर्वी जिल्लाबाट राजधानीक काठमाण्डौं जानेआउने सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);