तीन महिना पनि टिकेन कालोपत्रे सडक, स्थानीय चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

तीन महिना पनि टिकेन कालोपत्रे सडक, स्थानीय चिन्तित

कपिलवस्तु । कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका थिए । तर उनीहरूको खुसी तीन महिना पनि टिकेन । दशकौँदेखि आशा गरेको विकास तीन महिना पनि नटिकेपछि स्थानीय दुःखी भएका छन् । नगरपालिकाको पुरुषोत्तमपुरदेखि बगी जोड्ने नौ सय मिटर लामो सडक निर्माणसँगै भत्किएको स्थानीय मनिष गुप्ताले बताए । 

पालिकाले ७६ लाख ९० हजार रुपैयाँको लागतमा साढे ५ मिटर चौडा सडक निर्माण गरेको थियो । निर्माण भएको सडकको दुई ठाउँमा भत्किएको छ । केही दिनअघि कालोपत्रे सडकमा घाँस उम्रिएको र सडक भत्किएको कुरा सामाजिक सञ्जालमा आएपछि सम्बन्धित ठेकेदारले घाँस उम्रिएको र भत्किएको सडकको पुनः मर्मत गरेको स्थानीयले जानकारी गराएका छन् । 

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले निर्माण कम्पनी कृति कन्स्ट्रक्सनलाई मर्मतका लागि पत्राचार गरेको बताए । निर्माण सम्पन्न भएको एक वर्षभित्र यदि उक्त सडक भत्किएमा पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको उनको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);