एमाले अध्यक्ष ओलीले दायर गरेको तीन रिटमध्ये दुईवटाको सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले अध्यक्ष ओलीले दायर गरेको तीन रिटमध्ये दुईवटाको सुनुवाइ आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले दायर गरेको तीन रिटमध्ये दुई वटा रिटकोे सुनुवाइ आज हुने भएको छ ।

ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरू लगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट रिट दायर गर्नुभएको थियो ।

जसमाथि सुनुवाइ गर्दै एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाएर छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो । भदौ २२ मा सर्वोच्चले तीनवटै रिटमाथि तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुईवटा रिटमाथि भने छलफलका लागि दुवै पक्षलाई डाकेको बोलाएको थियो । ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । साथै लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गरिनुपर्ने पनि अध्यक्ष ओलीको माग छ । यी दुवै विषयमाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा सर्वोच्चले निर्णय गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);