जयपृथ्वी राजमार्गअन्तर्गतको सडक कालोपत्रे गरेको तीन वर्ष नपुग्दै ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बझाङ, ललित सिंह, १६ असोज ।  बझाङलाई मुख्य राजमार्गसँग जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बागथलादेखि चैनपुरसम्मको ५० किलोमिटर सडक कालोपत्रे गरेको तीन वर्ष नपुग्दै ध्वस्त भएको छ । तर, सडक मर्मतसम्भारका लागि सम्बन्धित निकायले चासो नदिँदा स्थानीय समस्यामा परेका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड लागतमा यो सडक निर्माण गरिएको हो । तर, सडकको गुणस्तर कायम गर्नभन्दा ठेकेदार र आयोजना कार्यालयले झारो टार्ने काम गरेको सडक चाँडो भत्किएको स्थानीयको आरोप छ । खाल्डाखुल्डी परेको सडकमा यात्रा निकै कष्टकर भए पनि मर्मतसम्भारमा कसैले चासो नदिएको उनीहरुको गुनासो छ ।

बागथलादेखी झोतासम्म लुम्बिनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी तथा तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माणले सडक निर्माण गरेका हुन् । सरकारले ठकेदार कम्पनीलाई कारबाही नगर्ने भएका कारण सडक निर्माणमा मनपरी बढेको स्थानीय बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय बझाङले भने दसैंअगावै राजमार्ग मर्मत गरिसक्ने चैनपुर ताक्लाकोट सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ ।

बझाङदेखि काडा गाउँपालिकाको उरै भन्ज्याङ भएर चीनको ताक्लाकोट तिब्बतसँग जोडिँदै गरेको यो सडक अन्तर्राष्ट्रिय राजमार्ग पनि हो । रणनीतिक महत्वका सडक निर्माण तथा मर्मतसम्भारलाई सरकारले विशेष प्राथमिकतामा राख्न जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);