मेची राजमार्गको इलाम–माइखोला सडक भासिने क्रम रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेची राजमार्गको इलाम–माइखोला सडक भासिने क्रम रोकिएन

टिका खतिवडा
इलाम, २७ असोज । मेची राजमार्गको इलाम स्थित माइखोला नजिकैको सडकमा जति रकम खर्च गरे पनि बालुवामा पानी खन्याए झैँ भइरहेको छ । यस सडकमा करोडौँ रकम खर्च गरिए पनि पक्की सडक भास्सिने क्रम रोकिएको छैन ।

यसले गर्दा यात्रु, चालक र सर्वसाधरणलाई समस्या भइरहेको छ । यति गर्दा पनि कुनै पनि निकायले बैकल्पिक सडक निर्माण गर्न ध्यान दिएका छैनन् ।

राजमार्गको ठाउँ ठाउँमा सडक भास्सिएपछि यात्रा वर्षौदेखि कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ मै भास्सिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो ।

ठेक्का बल्ल तल्ल सकिए पनि सडक भास्सिने क्रम रोकिएको छैन । निर्माण व्यवसायी स्वच्छन्द सफल जेभीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित रक एन्करिङ विधिबाट सडक मर्मत गरेको थियो ।

तर पनि सडक निर्माणको काम सकिएलगत्तै समस्या उस्तै भएको छ । स्थानीयबासीले सडकको बिकल्प खोज्न सम्वन्धित निकायसँग माग गरिरहेका छन् । तर अझैसम्म बिकल्पको खोजी हुन सकेको छैन ।

भर्खरै सम्पन्न भएको सडकको अवस्था उस्तै भएपछि डिभिजन सडक कार्यालयले भास्सिएका सडक पुन मर्मतका लागि ठेक्का बन्दोबस्तीको तयारी गरेको छ । राजमार्गको माइखोला र चुरेघाँटी खण्डको भास्सिएको १२ किलोमिटर सडक खण्ड पुन निर्माणका लागि पाँच करोड खर्च हुने अनुमान गरिएको छ ।

कार्यालयले गरेको अध्ययन अनुसार दश वर्षमा सडक तीन मिटर भास्सिएको देखिएको छ । सडक मर्मतपछि भाँसिएको तीन स्थान मध्ये दुइ स्थानमा समस्या नदेखिएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ ।

माइखोला भञ्ज्याड क्षेत्रमा ठाउँ ठाउँमा सडक भास्सिएकाले सडक पार गर्न समस्या छ । भास्सिएको सडक बारम्बार मर्मत गरेर अनावश्यक खर्च गर्नु भन्दा भास्सिनुको कारणको गहन अध्यन गरी दिर्घकालिन समाधान खोज्नु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);