पक्की पुलको माग गर्दै ३७ औं दिन अनसन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पक्की पुलको माग गर्दै ३७ औं दिन अनसन

प्रेम भाट
बैतडी, २७ असोज । सरकारले अघि सारेको लोकमार्गको पश्चिम नाकाको रुपमा रहेको बैतडीको जुलाघाट नाकामा नेपाल भारत जोड्ने पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघले १७ बर्षअघिदेखि गरेको पहलले अझै मुर्त रुप लिन सकेको छैन ।

बैतडी उद्योग वाणिज्य संघको अगुवाईमा १७ बर्ष पहिले नेपाल र भारतका सीमावर्ती क्षेत्रका १० हजार बासिन्दाको हस्ताक्षर संकलन गरीे तत्कालीन सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि पक्की पुलको चाहना अझै पुरा हुन सकेको छैन ।

पक्की पुल निर्माणका लागि बैतडी जिल्ला प्रशासन कार्यालय अगाडि झण्डै एक महिनादेखि रिले अनसन बस्दै आएपनि कसैले पनि वास्ता गरेका छैनन् ।

सुगौली संन्धीपछि बिक्रम सम्बत १८९१ मा तत्कालिन इस्ट इण्डिया कम्पनीले बैतडीको जुलाघाटमा बनाएको झोलुङ्गे पुल त्यहाँका बासिन्दाहरुले प्रयोग गर्ने मुख्य नाकाको रुपमा रहँदै आएको छ ।

१ सय ८५ बर्ष पुरानो पुल जिर्ण हँुदै गएपछी बैतडीका स्थानीय बासिन्दाहरुले पक्की पुल निर्माणका लागि पटक पटक सरकारको ढोका ढकढक्याए । तर पुल बन्न सकेन । नेपाल भारतको रोटी बेटि, रोजगारी तथा धार्मीक पर्यटकीय हिसाबले सदियाँै देखिको सम्बन्ध रहँदै आएपनि जुलाघाटमा आवतजावत गर्नका लागि पुरानै पुलको भर पर्न बाध्य छन् ।

भारतसंग सीमा जोडिएको जुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै गत भदौ २२ गते देखि जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी रिले अनसन थालिएको थियो । तर अनसनको ३७ औं दिन बिति सक्दा पनि सरकार पक्षबाट कुनै किसिमको प्रतिकृया आएको छैन । राजनीतिक दलहरुले पक्कीपुल निर्माणलाई एजेण्डा बनाए पनि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

नेपाल भारत आवत जावत गर्न खुला सिमा नाका भएका कारण पहाडी जिल्लाका अधिकांस मानिसहरु रोजगारीका लागि भारत जाने आउने गर्दछन् । भारत गएर काम गर्ने कामदारहरुका लागि पनि पक्की पुल बन्न उत्तिकै महत्वपुर्ण रहेको स्थानीयहरुको भनाई छ ।

नेपाल भारतको सिमाबर्ती क्षेत्रमा सदियाँै देखिको चेली बेटी, व्यापारीक, रोजगारी, धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको जुलाघाट नाका मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम नाका रहेकाले यस नाकाको स्तोरन्नती गर्न अति आवश्यक देखिन्छ ।

जुलाघाट नाकामा पक्किपुल निर्माण गरि स्वदेशी उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन र सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटनहरुलाई भित्र्याउन सकियो भने यस क्षेत्रको बिकास हुने प्रशस्तै सम्भावना रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);