भाटे पुलकै भरमा नदी वारपार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भाटे पुलकै भरमा नदी वारपार !

bhate pul

सप्तरी, १३ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगजा क्षेत्रमा रहेको भाटे पुल जिर्ण हुँदा सिमा पार यात्रा जोखिमपूर्ण बनेको छ । झण्डै ६ दशकदेखि नेपाल–भारतको सीमाका रुपमा रहेको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा सप्तरीका सर्वसाधारण परम्परागत भाटे पुलमै जोखिमपूर्ण आवात जावत गर्न बाध्य छन् ।

दशगजा हुँदै बग्ने खाँडो नदी वारपार गर्न कुनै वेला सप्तरीको तिलाठी र आसपासका मनिसहरुले डुंगाको प्रयोग गर्थे । ६ दशकअघि जमिनदारहरुको सहयोगमा स्थानीय जोखन रायले भाटे पुल बनाए । तर अहिले धेरै नयाँ प्रविधिहरुको विकास भईसक्दा पनि सप्तरी तिलाडी गाउँपालिका–१ का सर्वसाधारणहरु भने त्यही भाटे पुल कै भरमा नदी वारपार गर्न बाध्य छन् ।

जोखन रायले निर्माण गरेको यो पुलको उनका पुस्ताले रेखदेख गर्दै आएको भएपनि पछिल्लो समय विभिन्न कारणले गर्दा यसको मर्मत हुन सकेको छैन । जीर्ण पुलबाट नै यहाँका स्थानीयहरु जोखिम मोलेर सीमा वारपार गर्न बाध्य छन् ।

नेपाल भारत सिमानामा रहेको यो पुलबाट दैनिक ५-७ सय मानिस वारपार गर्ने गर्दछन् । सप्तरीको तिलाठी र आसपासका अधिकांश मानिस वजार भर्नकै लागि यो पुलबाट कुनौली जाने गरेका छन् । सो पुलको निर्माणको योजना अगाडी बढाउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाएको छ ।

विकास निर्माणका क्षेत्रमा विश्वले फड्को मारिसक्दा पनि सप्तरीको यस गाउँपालिकामा परम्परागत भाटे पुल कै भरमा नदी तर्न पर्न दुर्भाग्य हो । यसरी दैनिक सयौँको संख्यामा आवातजावत गर्नेहरु भएपनि पक्की पुल निर्माणका लागि कुनै ठोस पहली कदम चालिएको देखिदैँन ।

bhate pul1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);