जस्ले बर्षौदेखि जोखिम मोलेर डुङ्गाबाट भेरी वारपार गर्दै छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जस्ले बर्षौदेखि जोखिम मोलेर डुङ्गाबाट भेरी वारपार गर्दै छन्

सरस्वती गिरी ,
१७ माघ, जाजरकोट
जाजरकोटको भुर र सल्यान जिल्लाको बाँमे गाविसका स्थानीय डुङ्गा ( नाउ ) बाट भेरी नदि वारपार गर्न बाध्य छन । पाइक पर्ने स्थानमा पुल नहुदा स्थानीयलाई जोखिम मोलेर डुङ्गा (नाउ )बाट नदी वारपार गर्नु पर्ने बाध्यता भएको हो । दुइ गाविसको बिचमा पुल नहुदा स्थानीयले काठको नाउ बनाएर नदी वारपार गर्दै आएका छन । परापूर्बकालदेखि

जस्ले बर्षौदेखि जोखिम मोलेर डुङ्गाबाट भेरी वारपार गर्दै छन्

सरस्वती गिरी , १० माघ 

जाजरकोट जाजरकोटको भुर र सल्यान जिल्लाको बाँमे गाविसका स्थानीय डुङ्गा ( नाउ ) बाट भेरी नदि वारपार गर्न बाध्य छन । पाइक पर्ने स्थानमा पुल नहुदा स्थानीयलाई जोखिम मोलेर डुङ्गा (नाउ )बाट नदी वारपार गर्नु पर्ने बाध्यता भएको हो । दुइ गाविसको बिचमा पुल नहुदा स्थानीयले काठको नाउ बनाएर नदी वारपार गर्दै आएका छन । परापूर्बकालदेखि आलीमा नाउ बाट स्थानीयले नदी वार पार गर्दै आए पनि पुल बन्न सकेको छैन ।

 

पुल नहुदा डुङ्गाबाट नदी तर्न समस्या हुने गरेको स्थानीयको भनाई छ नाउ तर्दा कतिपय समयमा पल्टिएर यात्रुको ज्यान समेत जाने गरेको छ । प्रति ब्यक्ति १० रुपैया लिएर संचालकले नदी तराउने गर्दछन् । यस्तै अन्य ठाउमा समेत जाजरकोट रुकुम र सल्यानका स्थानीयले डुङ्गाबाट भेरी नदी तर्ने गरेका छन । घाटाचौर, पिपे, पिपलतरा, मैदै लागायतका दर्जनबढि स्थानमा अहिले सम्म स्थानीयले नाउबाट भेरी नदी तर्ने गरेका छन् ।

 

यसरी नाउबाट नदी तर्दा बालबालीका र बुढाबुढीलाई सास्ती हुने गरेको छ । सरकारले २ बर्ष अघि देशभरीबाट तुइन हटाउने घोषणा गरे पनि जाजरकोट सल्यान र रुकुमका जनताका लागि डुङ्गाबाट नदी तर्नु पर्ने बाध्यता हटेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);