ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम जनकपुरमा सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम जनकपुरमा सुरु

१७ माघ,जनकपुरधाम
ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम आज देखि जनकपुरमा सुरु भएको छ । धनुषा, महोत्तरी र सर्लाही जिल्लाका ४५ जना नयाँ पत्रकारहरुलाई ग्रामिण पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्न आयोजित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकारहरुले ग्रामिण स्तरमा लुकेका कुरालाई पत्रकारिताका माध्यमले बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार संचार मंत्रालयको सहयोग तथा मधेशी पत्रकार संघको

ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम जनकपुरमा सुरु

१७ माघ,जनकपुरधाम
ग्रामिण पत्रकारिता सम्बन्धी तीन दिने आधारभुत तालिम आज देखि जनकपुरमा सुरु भएको छ । धनुषा, महोत्तरी र सर्लाही जिल्लाका ४५ जना नयाँ  पत्रकारहरुलाई ग्रामिण पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्न आयोजित कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पत्रकारहरुले ग्रामिण स्तरमा लुकेका कुरालाई पत्रकारिताका माध्यमले बाहिर ल्याउनु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार संचार मंत्रालयको सहयोग तथा मधेशी पत्रकार संघको आयोजनामा सुरु भएको उक्त तालिममा नयाँ सिकारु पत्रकारहरुलाई संघका अध्यक्ष पंकज दास लगायतकाले तालिम प्रदान गर्ने आयोजकले जनाएको छ ।

 

तालिमको उद्घाटन सत्रमा पुर्व संचार राज्य मन्त्री सुरिता साह, नेपाल पत्रकार महसंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, पुर्व केन्द्रिय  कोषाध्यक्ष सितल साह, जिल्लाका पुर्व अध्यक्ष लगायतका पत्रकाहरुले मन्तव्य राख्दै तालिमको सफलताको कामना गरेका थिए । संघकै आयोजनामा  यो भन्दा पहिला सप्तरीको राजबिराज तथा  विराटनगरमा  तालिम सम्पन्न भएको थियो । संचार मंत्रालयले मधेशी पत्रकार संघलाई प्रदान गरेको २० लाखले मधेशका विभिन्न स्थानमा  तालिमको आयोजना भईरहेको छ ।
 ।

 

Leave a Reply