सिमकोटमा तीन महिने सिलाइकटाई तालिम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सिमकोटमा तीन महिने सिलाइकटाई तालिम सुरु

हुम्ला । सिमकोट गाउँपालिकामा तीन महिने सिलाइकटाई तालिम सुरु भएको छ । सहारा समूहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका व्यक्तिका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।

तालिमको  प्रमुख जिल्ला अधिकारी सिता परियार र जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै रावतले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी नेपालीले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएकाले राम्रोसँग बुझेर सिलाइकटाएको तालिम  लिन आग्रह गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);