मेची राजमार्गको कालोपत्रे बन्यो नेताको भोट माग्ने माध्यम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

खगेन्द्र घिमिरे, झापा, १६ भदौ । सहायक मेची राजमार्गअन्तर्गत झापाको चारआली, भद्रपुर हुँदै केचनासम्मको ४० किलोमिटर कालोपत्रे सुस्त गतिमा भइरहेको छ । झापाको दक्षिणी क्षेत्रका जनताको चार दशक लामो संघर्ष र आन्दोलनपश्चात् सरकारले निर्माण कार्यमा चासो देखाउँदै ठेक्का लगाए पनि ठेकेदार कम्पनीको लापरबाहीले कामले गति नलिएको हो ।

 

आर्थिक वर्ष २०३१÷३२ मा तत्कालीन अञ्चालाधीश छिरिङतेन्जी लामाले चारआली–केचना सडकखण्डको शिलान्यास गर्नुभएको हो । त्यसयताका ४२ वर्षमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । तर, जनताले परिवर्तनको अनुभूत गर्न पाएका छैनन् । परिवर्तनपछिका हरेक चुनावमा सडक निर्माण लगायतका विकासका पूर्वाधारलाई नेताले भोट माग्ने माध्यममात्र बनाइरहेका छन् ।

 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले २०७३ असोज १७ गते भद्रपुरमा भव्य समारोहबीच सडकको पुनः शिलान्यास गर्नुभयो । लेखकले स्थानीय जनतामाझ ३० महिनामा सडक बन्ने आश्वासन दिनुभयो । तर, एक ११ महिना बित्दा १० प्रतिशत पनि काम भएको छैन ।

 

४० किलोमिटर लामो सडक कालोपत्रे गर्न दुई वटा कम्पनीलाई जिम्मा दिइएको छ । चारआलीदेखि सगरमाथाचोकसम्म कालिका, कनकाई र याकथुमहाङ जेभीलाई ४१ करोड ६१ लाखमा ठेक्का दिइएको छ भने सगरमाथाचोकदेखि केचनासम्म लामा, डाँफे र कञ्चनजंघा जेभीलाई ४२ करोड ५३ लाखमा ठेक्का दिइएको छ । स्थानीयले पनि सडक निर्माणमा लापरबाही भएको बताइरहँदा सडक इन्जिनियरहरुले ढिलासुस्ती भएको स्वीकारेका छन् ।

 

बहुप्रतिक्षीत चारआली–केचना सडक निर्माणमा ढिलाइ हुँदै जाँदा दुवागडी, चन्द्रगढी, भद्रपुर, पृथ्वीनगर, बनियानी, केचना, पथरिया, पाठामारी, घेराबारीका जनतामा भने अन्यौलता बढेको छ । जनतालाई भोक बैंकमात्र ठान्ने नेताहरुको सोच र शैलीमा परिवर्तन नआएसम्म निर्माण कार्यले तीव्रता पाउनेमा उनीहरुको आशंका छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);