बाढीले बगाएको पुल नबन्दा बालबालिका विद्यालय जानबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अजित कुमार झा, सुनसरी, १६ भदौ । सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटहाको बीच बाटोमा बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा स्थानीयबासीलाई ओहोरदोहार गर्ने मसस्या भएको छ भने बालबालिकाले विद्यालय जान सकिरहेका छैनन् ।

 

सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटहा र हरिनगरालाई जोड्ने एकमात्र बाटो इनरुवा– हरिनगरा सडकखण्डको रामनगर भुहामा बाटो बगाउँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।

 

बाटो बगाएपछि स्थानीय बासिन्दा वैकल्पिक व्यवस्था गरेर वारपार गरिरहेका छन् । सुनसरी खोलामा आएको बाढी मरिया खोलामा पसेपछि हरिनगरा र भुटाहा जोड्ने बाटो तथा पुल बगाएको हो । बाटो नहुँदा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सवारी साधनसमेत आउन–जान नकस्दा विरामीलाई समेत समस्या भएको छ ।

 

हरिनगरा गाउँपालिकाले भने पुल निर्माणका लागि सर्भे भइसेकको जनाएको छ ।

 

प्रत्येक वर्ष वर्षात्को समयमा रामनगर भुटहा र हरिनगरालाई जोड्ने पुल र बाटो बाढीले बगाउँदै आएको छ । तर, पुल र बाटोका कारण स्थानीयले प्रत्येक वर्ष सास्ती व्यहोरिरहे पनि समस्याको दीर्घकालीन समाधानका सम्बन्धित निकायबाट पहल हुन सकेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);