कागबेनीमा बाढीले साढे २ दर्जन घर बगायो, बजार हिलाम्मै (तस्बिरसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

कागबेनीमा बाढीले साढे २ दर्जन घर बगायो, बजार हिलाम्मै (तस्बिरसहित)

काठमाडौं, २९ साउन । मुस्ताङको वारागङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा आएको भिषण वर्षापछिको बाढीले प्रहरी चौकी,पुल सहित ३१ वटा घर बगाएको छ । आइतबार राति आएको वर्षापछिको बाढीले ३१ घर, निर्माणाधिन पुल र प्रहरी चौकी बगाएको हो ।

मानविय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कागबेनी बजार अहिले हिलाम्मै भएको छ ।

बाढीले कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगाएको छ । पुल बगाएसँगै कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ ।

चौकी बगाएपनि हतियार जोगाएका प्रहरीहरु यतिबेला गाउँपालिकाको भवनमा बसेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);