चितवनको भरतपुरमा बाढीपीडितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एजेन्सी, १६ भदौ । भरतपुर महानगरपालिकाको घैलाघारीका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ ।

 

अन्नपुर्ण गु्रपअन्तर्गत होटल अन्नपुर्ण र जगतपुर लजका तीन सय ७० कर्मचारी तथा मजदुरले एक दिनको तलब कटाएर भरतपुर महानगरपालिका वडा नम्बर २३ का बाढीपीडितलाई राहत वितरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत घैलाघारीका दुई सय १५ घरधुरीलाई राहत वितरण गरिएको जगतपुर लजकी आवासीय म्यानेजर सोनी तामाङले जानकारी दिएकी छन् ।

 

 

बाढीपीडितलाई प्रतिपरिवार १५ दिनलाई पुग्ने चामल, दाल, तेल, चिनी, मसला, लत्ताकपडासहितका सामग्री हस्तान्तरण गरेको अन्नपूर्ण ग्रुपले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);