गायक प्रमोद खरेलको नेतृत्वमा १८० घर परिवारलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ४ भदौ । चर्चित गायक प्रमोद खरेलको अगुवाईमा नेपालकै होचोस्थान झापाको कचन कवलसहित मोरङको हस्तन्दहका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

 

उनीहरुले झापाको कचन कवलका १६० परिवारलाई प्रति परिवार २५ केजी चामल, दाल, नुन, तेलसहित दुई थान झुल र एउटा सोलार टर्च टाईट वितरण गरेका हुन् । यसै गरी मोरङ हस्तन्दहका २० घर परिवारलाई पनि सोही परिमाणमा जिन्सी सामग्री वितरण गरिएको हो ।

Help for flood victiom.2 jpg

स्थानीय प्रतिनिधिहरुकै रोहवरमा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको गायक खरेलले बताएका छन् । पथरिया झापाका २२ वर्षीय राम राजवंशीलाई बाढीले बगाएपछि भावविह्वल भएकी उनकी आमालाई भने नगद १० हजार सहित राहत सामाग्री हस्तान्तरण गरिएको खरेलले जानकारी दिए ।

Help for flood victiom

विपत्तिमा सबैले सहयोगी हात फैलाउनु आवश्यक रहेको भन्दै आफ्नो तर्फबाट रु १० हजार राखि गायक खरेलले सुरु गरेको अभियानमा चर्चित हेयर हिजाईनर निल डेभिड कटुवालले पनि साथ दिएका छन् । निल डेभिडले १५ हजार नगदसहित राहत संकलनमा समेत साथ दिएका हुन् ।

 


सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु भएको यस अभियान देश विदेशमा रहेका शुभचिन्तक र फ्यानहरुको सहयोगले नै सफल भएको उनी बताउँछन् । सहयोगी मनहरु सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।

 

पछिल्लो समय बाढीले वितण्डा मच्चाएपछि आक्रान्त बनेका तराई क्षेत्रका बासिन्दाहरु यतिखेर आवश्यक सहयोगको पर्खाईमा छन् । विभिन्न संघ संस्था र व्यक्तिहरु पीडितहरुको सहयोगमा जुटेका छन् ।

 

गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार बाढी, पहिरो र डुबानमा परी १३१ जनाको मृत्यु हुनुका साथै ३० जना घाईते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);