एउटै सडकको पटकपटक शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एउटै सडकको पटकपटक शिलान्यास

sadakko patak patak silanyas

डोटी, ४ फागुन ।  तीन दशकदेखि अलपत्र बोगटान सडकमा पुन: राजनीतिक खिंचातानी सुरु भएको छ । दलहरू कामभन्दा जस लिन केन्द्रित देखिन्छन् । हरेक निर्वाचनमा मुख्य चुनावी एजेण्डा बन्ने बोगटान सडकमा कांग्रेस र नेकपा नेता कार्यकर्ता पुन: वाकयुद्धमा उत्रेका छन् ।

सहजपुर–बोगटान सडकको फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओली पुन: शिलान्यास गर्न आउने कार्यक्रम छ । तर उक्त सडक ०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतका सभापति भरतबहादुर खडकाले शिलान्यास गरेका थिए ।

प्रधानमन्त्री ओली पुन: सोही सडक शिलान्यास गर्न आउने भएपछि स्थानीय तहसम्म शिलान्यास प्रकरण चर्चाको विषय बन्न पुगेको हो । ‘३१ वर्षअघि काम थालिएको सडक अहिलसम्म अधुरै छ’ बडीकेदार गाउँपालिका ४ का रघुराजा बम भन्छन्, ‘एउटै सडकको पटकपटक शिलान्यास गर्नुभन्दा धमाधम काम अघि बढाए भइहाल्थ्यो नि ।’

यसअघि तत्कालीन भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले कैलालीमा भारतीय पक्षबाट निर्माणधीन हुलाकी सडक अधुरै रहेको अवस्थामा उद्घाटन गरेको विषय विवादित हुन पुगेको थियो ।

पछिल्लो समय प्राथमिकता पाइरहेको बोगटान सडकमा कांग्रेस र नेकपा नेताबीच काम आफूहरूले गरेको भन्दै जस लिने होडबाजी चलेको हो । डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले लामो समयदेखि अलपत्र बोगटान सडक आफ्नो पहलबाट कालोपत्रे गर्न लागेको दाबी गरे । उनले प्रधानमन्त्री ओलीलाई सडक शिलान्यास गराएर आफ्नो पहलबाट काम भइरहेको पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);