शक्तिखोर–फिस्लिङ सडक आयोजनाको गरियो शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

शक्तिखोर–फिस्लिङ सडक आयोजनाको गरियो शिलान्यास

silanyas

काठमाडौं, १७ पुस । चितवनको शक्तिखोर–फिस्लिङ सडक आयोजनाको सोमबार शिलान्यास गरिएको छ ।

३७ किलोमिटर लामो सडकको निर्माण ७८ करोडको लागतमा निर्माण गरिने भएको हो । सोमबार प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले शक्तिखोरमा सडकको शिलान्यास गरेका हुन् । ७ सय ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको अनुदानमा सडक निर्माण गर्न लागिएको हो ।

कालिका नगरपालिका र ईच्छाकामना गाँउपालिका लगमयतका पाहाडी भुभागमा वसोवास गर्ने सर्वसाधरणहरु सडकबाट प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । सांसद पोखरेलले सडक निर्माण पछि स्थानीय कृषि उपजको बजारीकरण, पर्यटन प्रवद्र्धन, रोजगारीको सिर्जनामा टेवा पूग्ने विश्वास व्यक्त गरेका छन् ।

७ दशमलव २५ मिटर चौडा बन्ने सडकमा ३ दशमलव ७५ मिटर पिच गरिने छ । निर्माण सडकको जिम्मा सान्छी आशिष जेभी निर्माण कम्पनीले पाएको छ । सडक शिलान्यास कार्यक्रममा सहभागी स्थानीय सर्वसाधरणहरुले खुसी ब्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);