नमोबुद्धमा नगर गौरवको कालोपत्रे सडक उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नमोबुद्धमा नगर गौरवको कालोपत्रे सडक उद्घाटन

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडकको बिहीबार उद्घाटन गरिएको छ । नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा लिएको वडा नम्वर ७ स्थित भकुण्डे, लभनेपाल दारिमटार हुँदै लामा जक्सन सडकको बिहीबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका हुन् ।

यो सडक विपी राजमार्गबाट सुरु भएर बजारको भित्री भाग हुँदै पुनः विपी राजमार्गसम्म जोडिएको छ । उक्त सडकखण्ड नगरपालिकाले निर्माण गर्न लागेको बाइपास रोडसँग पनि जोडिनेछ । ६ सय मिटर लामो उक्त सडक कालोपत्रेको काम रेग्मी निर्माण सेवाले गरेको हो । सडकको दुवैतर्फ पक्की ड्रेनसहित कालोपत्रे गरिएको छ ।

सडक निर्माणका लागि बागमती प्रदेश सरकारले समपुरक अनुदानअन्तर्गत एक करोड रुपैयाँ र नमोबुद्ध नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसमा ड्रेनसहित सडक निर्माण र कालोपत्रेका लागि १ करोड ४२ लाख ४७ हजार ६ सय २१ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

कुल बजेटको बाँकी बजेटबाट थप ड्रेन निर्माणका लागि सम्झौता गरिएको थियो । सडक उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भकुण्डे बजारलाई व्यवस्थित बनाउनका लागि यो सडकलाई प्राथमिकताका साथ निर्माण र कालोपत्रे गरिएको बताए ।

बजारका अन्य भित्री सडक कालोपत्रे गर्ने कामसमेत अघि बढीसकेको बताउँदै उनले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा प्रत्येक वडामा कम्तीमा एकवटा नगर गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);