कोरोनाका कारण सञ्चालनमा आउन सकेन सारङकोट पुग्ने केबलकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण सञ्चालनमा आउन सकेन सारङकोट पुग्ने केबलकार

कास्की । पर्यटकीय नगर पोखराको लेकसाइडको सेदीदेखि सारङकोटसम्म पुग्ने गरी निर्माणाधीन अन्नपूर्ण केबलकारको काम अन्तिम चरणमा पुगेको छ । कोरोनाका कारण जापानिज प्राविधिक जापान फर्किएकाले उनीहरु आएपछि मात्र केबलकार सञ्चालनमा आउने सुपरभाइजर अरुण कोईरालाले जानकारी दिए ।

लेकसाईडको सेदि देखि सारङकोट को दूरी साढे दुई किलोमिटर छ । यहि बैशाखबाट सञ्चालनमा ल्याउने भनिएपनि कोरोनाका कारण सञ्चालनमा आउन सकेको छैन । केबलकार सञ्चालनमा आएपछि नेपालीका लागि छ सय ,सार्क मुलुकका नागरिकका लागि सात सय र अन्य देशका नागरिकका लागि आठ सय रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ ।

गाडीमा एक घण्टा लाग्ने बाटो अब आठ मिनेटमै पुग्न सकिन्छ विद्यार्थी, वृद्धवृद्धा, अपांगता भएका र स्थानीयलाई २० देखि २५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । कम्पनीले सुरुमा १८ वटा डिब्बा सञ्चालन गर्ने र पछि ३५ पु¥याउने लक्ष्य राखेको छ । केबलकार सञ्चालनमा आएपछि ८० जना कर्मचारीले रोजगार पाउने छन् ।

झन्डै डेढ अर्बको लगानीमा बनेको केबलकार सञ्चालन भएपछि सारङकोटबाट सूर्याेदय र पोखराको रमणीय ठाउँ , माछापुच्छ्रे हिमाल ,अन्नपूर्ण , लगाएतका हिम श्रृङखला , पुम्दिकोट शिव मन्दिर ,स्तुपा फेवाताल, हेर्न अझै आन्तरिक एवम बाह्य पर्यटकको आकर्षण बढ्ने जनाईएको छ ।

केबलकार अब कोरोना अलि सहज हुने बित्तिकै जापानिज प्राविधिक आएपछि २ महिना भित्र सञ्चालन हुने कोईरालाले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);