पोखराको फेवाताल र साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्बियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पोखराको फेवाताल र साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्बियो

काठमाडौं, ३ असोज । कोरोनाका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्बिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक दृश्य सहित बिहानीको साराङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावी निर्माण कम्पनीको छ ।

केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा डिब्बको क्षमता भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुने बताइएको छ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);