महामारीका कारण कम विकसित मुलुकहरु खतरामा पर्नेः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

महामारीका कारण कम विकसित मुलुकहरु खतरामा पर्नेः प्रधानमन्त्री ओली

pm oli bigya

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कम विकसित एलडीसी, भूपरिवेष्ठित एलएलडीसी र साना सामुद्रिक टापु एसआईडी मुलुकहरु खतरामा परेको बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७५औं महासभाअन्तर्गत दिगो विकास लक्ष्यको अवस्था–२०२० को बारेमा भएको उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले महामाीका कारण उक्त मुलुकहरुमा आर्थिक, राजस्व संकलन, बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी र बेरोजगारीका कारण गम्भीर असर परेको बताउनु भएको हो ।

न्युयोर्कमा रहेको राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्ति अनुसार ओलीले अहिलेको अवस्थामा दिगो विकासका लक्ष्यको असर महसुस गर्दै यसलाई अगाडि बढाउनेभन्दा पनि विश्वमा लगातार रुपमा सबैतिर छरिएर सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । दिगो विकासको लक्ष्य नेपालको विकास सोचको केन्द्रमा रहेको बताउदै प्रधानमन्त्री ओलीले गरिबी निवारण, खाद्य सुरक्षा, शिक्षा, लैंगिक समानता, आधारभूत सरसफाइ र ऊर्जाको पहुँचको बारेमा पनि आफ्नो भनाइ राखेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा २२ मुलुकका राज्य तथा सरकार प्रमुखहरुले सहभागिता जनाएका थिए । साथमा विभिन्न क्षेत्रीय संगठन, दिगो विकास लक्ष्यका बारेमा वकालत गर्ने व्यक्तिहरु र राष्ट्र संघका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि