सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

सर्लाहीको मलंगवामा कर्फ्यू आदेश जारी

सर्लाही, ३ असोज । सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम पक्षबीच भएको झडपलाई लिएर आइतबार बिहान ८ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

शुक्रबार मलंगवा नगरपालिका-३ विश्वकर्मा चोकबाट विश्वकर्मा पुजा गरी विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखी नजिकै रहेको पोखरीमा ल्याउने क्रममा बाटोमा मुश्लिम समुदायहरुको बस्ती नजिकै मस्जिद निर आईपुग्दा ट्याक्टरमा डि.जे.बाजा बजायो भन्ने विषयलाई लिएर मुश्लिम समुदायका मानिसहरु आई वादविवाद तथा झै–झैगडा भएको थियो ।

उक्त विषयलाई लिएर आज हिन्दु पक्ष र मुस्लिम पक्षहरु ठाउँ ठाउँमा मानिसहरु भेला जम्मा भई वादविवाद गर्न खोजेकोले असोज ३ गते १:३० बजे देखी असोज ४ गते बिहान ८ बजे सम्म मलंगवा बजारमा कर्फ्यु जारी गरिएको छ ।

Leave a Reply

ताजा समाचार