मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं, २९ चैत । मर्मतका लागि बन्द गरिएको मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मर्मतका लागि यही चैत २३ गतेबाट बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अघि नै सम्पन्न भएको चैत ३० गते सोमबारबाटै सञ्चालनमा आउन लागेको जानकारी गराएको हो ।

यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइएको थियो । ६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालकले जनाएको छ ।

केबलकारको ३ चरणमा मर्मतसम्भार हुन लागेको हो । पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने बुुल ह्विल बेरिङ लगायतका पार्टपुर्जा फेरियो भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ ।

त्यसैगरी तस्रो तथा अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने छ । यो केबलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मंसिरबाट मनकामना केबलकार सञ्चालनमा ल्याएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबुलकारका रुपमा स्थापना भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);