बारामा रहेको कुकुरभुका टोलको खेतमा आगलागि | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

बारामा रहेको कुकुरभुका टोलको खेतमा आगलागि

बारा, २९ चैत । बाराको फेटा गाँउपालिका वडा नं ७ गमहरिया र कंचनपुरको बिचमा रहेको कुकुरभुका टोलको खेतमा आगलागि भएको छ । करिव ३५ बिगा गहँुबाली लगाईएको खेतमा आगो लागेको हो । कलैया उपमहानगरपालिकाको दमकल र बिरंगज महानगरपालिकाको दमकलले संयुक्त रुपमा आगो नियन्त्रण गरेका थिए ।

त्यस्तै आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासीहरुको संयुक्त प्रयासमा आगोलाई नियन्त्रणमा लिईएको हो । आगलागिबाट गहँु, पराल र भुसा गरी करिब १० लाख बराबरको क्षति भएको छ । २१ कठ्ठा जमिनमा लगाईएको गहँुबालीमा आगो लाग्दा सबै बाली नष्ट भएको पिडितको गुनासो छ ।

पिडितलाई क्षतिपुर्ति उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । परैनिया टोलका एक किसानले आफनो खेतमा गहँुको डाँट जलाउँदा आगो लागेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);