गहुँबालीमा आगलागी, एक करोड बढीको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गहुँबालीमा आगलागी, एक करोड बढीको क्षति

कपिलवस्तु, २२ चैत । कपिलबस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ स्थित गहुँ खेतमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ ।

शनिवार गहुँको ठुटामा लगाएको आगो सल्केर वडा नम्वर ४ को भैसाहिया, रमवापुर र वडा नम्वर ६ को रंगपुर, कडजवाहा गरी ४ ठाउँका खेतमा भएको गहुँ जलेर नष्ट भएको हो ।

गँहु काटेपछि खेतमा बचेको डाँठमा भैसाहिया गाँउको मोहम्मद उमरले आफ्नो खेतको गहुँको ठुटामा लगाएको आगो सल्केर ५० बिगहाभन्दा बढी गहुँको बाली काट्ने बेलामा जलेर नष्ट भएको हो ।

प्रहरी बल मर्यादपुरको टोलीले दमलकको सहयोगमा धेरै बेर पछि आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);