डोटीमा एक महिलामाथि सुतिरहेको अवस्थामा आगो लगाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

डोटीमा एक महिलामाथि सुतिरहेको अवस्थामा आगो लगाइयो

टेक बहादुर साउद,

डोटी । डोटीमा एक महिलामाथि प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाईएको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण पछेराले जानकारी दिए ।

राति सुतिरहेको समयमा भाटको शरीरमा आगो लगाइएको हुन सक्ने अध्यक्ष पछेराले बताए । उनको स्वास्थ अवस्था गम्भीर रहेको र उनलाई अहिले उपचारका लागि सुजंग अस्पताल डोटीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी दिएको छ ।

घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);