निषेधाज्ञामा खाद्य र साल्ट ट्रेडिङमार्फत फोनबाटै अत्यावश्यक सामग्री मगाउन सकिने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

निषेधाज्ञामा खाद्य र साल्ट ट्रेडिङमार्फत फोनबाटै अत्यावश्यक सामग्री मगाउन सकिने

काठमाडौं । किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित उपत्यकाको जिल्ला प्रशासनले खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

शुक्रबारदेखि लागू हुने नयााँ निषेधाज्ञामा गरिएको व्यवस्था अनुसार नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यकाका जिल्ला प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुरीले जारी गरेको विज्ञप्तिमा नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । खाद्य संस्थान, साल्ट ट्रेडिङ, उपभोक्ता हित संरक्षण मञ्च र व्यवसायीसमेतको बैठकबाट यो निर्णय गरिएको हो ।

दुई कम्पनीमा चामल, दाल, नेल, नूनलगायत सामग्रीको पर्याप्त मौज्दात छ । कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय पनि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);