मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने बजेट नल्याऊन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने बजेट नल्याऊन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

budget

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरुले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल ,नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखवहादुर गुरुङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।’

साथै, उनीहरुले यस विषयमा निर्वाचन आयोगले सम्बन्धित पक्षलाई समयमै सजग गराउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार