आयोगको प्रस्तावित कार्यविधिप्रति पूर्वप्रमुख आयुक्तको असहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको प्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति असहमति जनाएका छन । निर्वाचन आयोगले बुधबार आयोजना गरेको एक कार्यक्रममा प्र्रस्तावित ‘निर्वाचन विवाद निरुपण कार्यविधि’प्रति पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले असहमति जनाएका हुन् ।

सो प्रस्तावमा निर्वाचन विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्त कै अध्यक्षतामा समिति बनाउने प्रस्ताव गरिएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतिले निर्वाचन सम्पन्न गराउने प्रमुख दायित्व बोकेको व्यक्ति प्रमुख निर्वाचन आयुक्तलाई नै निर्वाचन विवाद समाधान समितिको नेतृत्व दिन नहुने धारणा राखे ।

पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुक्त गुरुङले निर्वाचनमा विवाद आउन नदिने गरी कार्यविधि तय गर्न राजनीतिक दलहरुसँग आवश्यक परामर्श गर्न निर्वाचन आयोगलाई सुझाव दिए ।

प्रस्तावित निर्वाचन विवाद निरुपण कार्यविधिमा निर्वाचन विवाद समाधानका लागि राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवाला निकायसँग आवश्यक परामर्श लिने प्रस्ताव पनि गरिएको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले सो कार्यविधिमाथि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

निर्वाचन आयोगले निर्वाचनमा हुने विवाद निरुपणका कार्यविधि तय गर्न सम्बन्धित पक्षहरुसँग छलफल सूरु गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दल, विज्ञहरुसँग विस्तृत छलफल गरी सो कार्यविधिलाई टुंगोमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);