दाङमा लकडाउनको अवधिमा सवारी साधन चोरीका घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा लकडाउनको अवधिमा सवारी साधन चोरीका घटना बढ्दै

दाङ। दाङमा लकडाउनको अवधिमा सवारी साधन चोरीको घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हाल सम्म ८ वटा साना तथा ठुला सवारी साधन हराएका छन् । ति मध्य ७ वटा सवारी साधन बेवारिसे अवस्थामा जिल्लाका विभिन्न स्थानमा तथा जिल्ला बाहिर भेटिएका छन् ।

जिल्लामा लकडाउनको मौका छोपी विभिन्न स्थानबाट मोटरसाइकल र पिकअप गाडी गरी ८ वटा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ती मध्य ७ वटा सवारी साधन फेला परेका छन् भने एउटा गाडी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार यहि जेठ १० घोराही १५ सुस्मारोडबाट रा ५ प ८२५८ नम्वरको मोटरसाइकल हराएकोमा मंगलवार फेला परेको छ । उक्त मोटरसाइकल घोराही १५ रतनपुरमा वेवारिसे अबस्थामा फेला परेपछि सवारी धनीलाई बुझाइएको उनले बताए ।

त्यस्तैगरी जेठ २ गते तुलसीपुर १७ दुधरासबाट रा ५ प ४४०७ नम्वरको पल्सर मोटरसाइकल हराएकोमा सोहि दिन राती प्रहरीले घोराही १३ बसपार्कमा फेला पारेको थियो ।

प्रहरीका अनुसार जेठ ५ गते लमही बजारबाट भे १ च १५२६ नम्बरको बोलेरो पिकअप गाडी हराएकोमा जेठ १० गते कैलालीमा फेला परेको हो । चोरीमा संलग्न भएको आरोपमा तुलसीपुर ५ निवासी १६ वर्षीय नवीन सार्की, सोहि ठाउँका २६ वर्षीय विश्व रोका मगरलाई पक्राउ गरी मुद्दा चलाएको प्रवक्ता रिजालले जानकारी दिए ।

यस्तै गत बैशाख २९ गते तुलसीपुर १७ बेलझुण्डीबाट भे १ च २०६९ नम्वरको बलेरो पिकअप गाडी हराएकोमा प्रहरी टोलीले जेठ १ गते रौतहटमा फेला पारेको समेत उनले जानकारी दिए ।

सोहि दिन घोराही १७ भैसाही चोकबाट भे १ च १६९४ नम्वरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा राती तुलसीपुर १८ बेलझुण्डी स्थित बाबुराम बस्नेतको घर अगाडी फेला परेको थियो । गत बैशाख २८ गते तुलसीपुर ५ पुरानो बसपार्क लु १ च ४५७८ नम्वरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा २९ गते कपिलबस्तुको जंगलमा फेला परेको थियो ।

गत बैशाख २४ गते घोराही १४ गणेश मन्दिरबाट भे १ च ११९२ नम्वरको डबल क्याप बलेरो पिकअप गाडी हराएकोमा सोही दिन लमहीमा फेला परेका, सोहि दिन लमही ५ बसपार्कबाट भे १ च २१४४ नम्वरको टाटा सुमो सिल्भर कलरको गाडी हराएकोमा हाल सम्म फेला नपरेको प्रहरीले बताएको छ ।

उक्त गाडीको खोजीकार्य भइरहेको डिएसपी रिजालले जानकारी दिए ।फेला परेका सबै गाडी गाडी धनीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । साथै लकडाउन अवधिभर चोरीका घटना बढ्न सक्ने हुनाले आ–आफ्नो धनमालको समेत विशेष सावधानी सहित सुरक्षित राख्न प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);