झापाको बिर्तामोडमा जलेको अवस्थामा शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापाको बिर्तामोडमा जलेको अवस्थामा शव फेला

झापा, २१ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै खेतमा जलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमवार राति १२ वजेदेखि आगो लागेको र जलेको अवस्थामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको सनाखत भने हुन सकेको छैन । खेतको बीचमा पुरुषको संवेदनशील अंङ्ग काटेर फालिएको अवस्थामा भेटिएको थियो । खेतमा रगतै रगत भएकाले ती व्यक्तिको हत्या भएको र प्रमाण नष्ट गर्न परालमा आगो लगाएको हुन सक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

राति आगो लागेपनि मंगलबार मात्रै जलेको ठाउँमा मानिसको हात र खुट्टा देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);