कञ्चनपुरमा बाहिरी चक्रपथको काम शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कञ्चनपुरमा बाहिरी चक्रपथको काम शुरु

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाहिरी चक्रपथको कालोपत्रे गर्ने कार्य शुरु गरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको बाहिरी चक्रपथ स्तरोन्नती गर्दै छ । बाहिरी चक्रपथका लागि १० करोड लागत इस्टिमेट रहेको छ ।

उक्त लागत मध्येबाट ५ करोड ७६ लाखमा बाहिरी चक्रपथको ३ किलोमिटर सडक कालोपत्रे गर्न शुरु गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पहिलो चरणमा ३ किलोमिटर सडक कालोपत्रे शुरु गरेको छ ।

बाहिरी तथा भित्रि चक्रपथ मध्ये बाहिरी चक्रपथको ८३ किलोमिटर कालोपत्रे गर्ने नगरको योजना छ । जुन योजना अनुसार यस वर्ष ३ किलोमिटर दुरीको सडक खण्डमा कालोपत्रे गर्न थालिएको हो ।

नगरपालिकाको वडा नम्वर ९ ब्रह्मदेवबाट सडक कालोपत्रे शुरु गरिएको हो । जैविक मार्गको नामले चर्चित यस सडकको कालो पत्रेको काम नेपाल सरकारको समपुरक अनुदानबाट शुभारम्भ भएको नगरपालिकाले बताएको छ ।

भीमदत्त नगरपालिकाले नगरका १९ वटै वडाहरुलाई छुने गरी सडक निर्माण गर्दैछ । निर्माणाधिन ८३ किलोमिटर सडक मध्ये ३ किलोमिटर सडकको १ वर्षभित्र निर्माण हुनेछ । नगरपालिकाको दुई तहका सडक निर्माण गर्न थालेको छ ।

चक्रपथको अवधारणा अनुसार बाहिरी चक्रपथको निर्माण लागत १० करोड छ । उक्त बजेट अन्तर्गत ५ करोड ६७ लाखमा कालोपत्रे गर्न थालिएको हो ।

भीमदत्त नगरपालिकाले निर्माण गरेको पर्यटकीय मार्गले विभिन्न धर्मिक क्षेत्रलाई पनि जोड्ने छ । जैविक तथा धार्मिक क्षेत्रसमेत जोडिने हुँदा यो सडकको सामरिक महत्व रहेको छ ।

नगरको विकासको मुख्य आधार सडक स्तरोन्नती हो । सडक स्ुधार गरी अन्य विकासका आयोजनाहरु पनि अघि बढाउन सकिने भएकोले यो आयोजनाको दूरगामी अर्थ छ ।

नगरको चक्रपथको विषय भएकोले निर्धारित समयमा आयोजना पुरा गराउन सकेमा यसले विकासमा नयाँ परिवर्तन ल्याउन सक्छ । यसर्थ निर्माणाधिन आयोजनालाई समयमै सम्पन्न गर्न नगर लगायत निर्माण कम्पनीहरु बढी जिम्मेवार बन्नु आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);