लकडाउनको ७३ दिन पछि खुल्यो राजधानीका पसलहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

लकडाउनको ७३ दिन पछि खुल्यो राजधानीका पसलहरु

newroad shop

काठमाडौं, जेठ २२ । लकडाउनको ७३ दिनपछि बन्द अवस्थामा रहेका काठमाडौँका पसलहरु बिहीबार बिहानबाट खुलेका छन् ।
बिहीबार बिहान काठमाडौँका मुख्य व्यापारीक केन्द्र न्युरोड,कोटेश्वर, तिनकुने, शान्तीनगर , शंखमुल,बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका हुन् ।

व्यापारीहरुले स्वास्थ्य सुरक्षा अपनाएर पसल खोलेका छन्। कतिपय व्यापारीले ग्राहकको तापक्रम जाँचेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गर्न दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेपछि सबै व्यवासयीहरु पसल खुला गरेका हुन् ।
लामो समयको लकडाउनका कारण व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेकोले पसल खोल्न बाध्य भएको महासंघका अध्यक्ष नरेश कटुवालले बताउनु भयो । उहाँले केही ठाउँमा प्रहरीको अवरुद्धका कारण पसल खुलाउन नसकिएको समेत बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);