जनकपुरमा अव्यवस्थित मासु पसल संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जनकपुरमा अव्यवस्थित मासु पसल संचालनमा

जनकपुरधाम, ७ माघ । गतेजनकपुरधाम सहित धनुषा जिल्लाको अधिकांश स्थानमा रहेको मासु पसल मापदण्ड विपरित संचालित रहेको छ । पशु बधशाला र मासु जाँच नियमावली अनुसार जनकपुरधाममा एउटा पनि पसल संचालनमा रहेका छैनन् ।

अनुगमनका क्रममा अधिकांश मासु पसल नियम विपरित संचालनमा रहेको पाइएकोे छ । भेटरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको जनकपुरधाम, महेन्द्रनगर तथा ढल्केवरको माछा, मासु, डेरि तथा भेट फर्मा पसलको अनुगमन गरेर अखाद्य पदार्थ र सडेको मासु नियन्त्रणमा लिएर नष्ट गरेको छ । अहिले भारतको विभिन्न स्थानमा वर्डफ्लुको खतरा बढेको बेलामा खुल्ला सिमानाका कारण जनकपुरधाममा समेत भारतीय कुखुरा तथा खसी आएरहेको बेलामा अव्यवस्थित मासु पसल संचालन भएकाले थप खतरा बढेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनकपुरधामका पशु विकार अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिनुभयो ।

उहाँले अनुगमनका क्रममा मापदण्ड विपरित मासु पसलहरु संचालनमा रहेको पाइएको बताउनु भयो ।अनुगमनका क्रमा रहेको अधिकांश पसलका संचालकहरुले नियमित रुपमा मापदण्ड अनुसार सफाई नगर्दा गुणस्तरहिन मासु खान उपभोक्ता बाध्य भएका छन् । यता, जनकपुरधामका मासु विक्रेताहरुले पनि उपमहानगरपालिका लगायतका पक्षले नियमित अनुगमन नगर्दा जताततै मासु बेच्न बाध्य भएका बताउछ्न् ।

विगत यस सम्बन्धमा तालिम प्रदान भएपनि पशु पधशालाको आभावमा तालिम पाएर पनि अव्यवस्थित तरिकाले मासु बेच्न आफुहरु बाध्य भएको मासु व्यवसायी मो. साहेबले बताउनु भयो ।जनकपुरधाममा अहिले खसीको मासु प्रति किलो एक हजारको दरले विक्री भइरहेपनि जनचेतनाको आभावमा उपभोक्ताले पैसा खर्चेपनि गुणस्तरीय युक्त मासु खानबाट बञ्चित भएका छन् ।

पसलको सरसफाई, फोहरको व्यवस्थापन, व्यवस्थित विक्रि नभए, पशुपक्षी बध गर्ने स्थल ठिक नभएको, बध गर्ने औजार सफा नभएको, मासु विक्रि गर्ने काउन्टर पनि ठीक नभएकोले सुधार गर्नका लागि निर्देशन दिदै अर्को पटक सुधार नभएको पाईएको खण्डमा कारवाही प्रक्रिया अगाडी बढाउने निर्देशन सहितको चेतावनी दिएको पशु विकार अधिकृत डा. जिवेन्द्र झाले जानकारी दिनुभयो ।

कतिपय मासु पसलका सञ्चालकले मासुलाई भण्डारन गर्नका लागि डिप फ्रिज नराखेका पाईएकाले डिप फ्रिज राख्नका लागि निर्देशन दिदै विक्रिका लागि अनुमति पत्र जनकपुरधाम उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रवाट लिनका लागि निर्देशन दिईएको छ । जनकपुरधाममा नियमित रुपमा अनुगमन नहुँदा ।माछा, मास, दुध, पलफुल, लगायतका खानेकुराहरु खाद्य एैन विपरित विक्री भईरहेको पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);