बिना दर्ता सञ्चालित मासु पसल र कन्सलटेन्सी बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बिना दर्ता सञ्चालित मासु पसल र कन्सलटेन्सी बन्द

चितवन, ९ जेठ । चितवनको सौरहामा बिना दर्ता सञ्चालन गरिएको तीन वटा मासु पसल र तीन वटा कन्सलटेन्सी बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले गरेको अनुगमनका क्रममा बिना दर्ता मासु पसल संचालन गरेको पाइएपछि बन्द गरिएको हो । झण्डै २० बर्षदेखि संचालनमा रहेको सोहराब आलम, अमुल ओदा, महमुद संसुलको मासु पसल बन्द गरिएको हो ।

अनुगमन टोलीले चितवनका करिब १ दर्जन कन्सलटेन्सीको समेत अनुगमन गरेको छ । अनुगमनको क्रममा रत्ननगरका ३ वटा कन्सलटेन्सी प्रक्रिया नपु-याइ सञ्चालन गरेको भन्दै बन्द गरिएको छ ।

रत्ननगरका म्याक्सवे, एकेडेमी ईन्ट्रनेसल र हानामी एजुकेशन सेन्ट्रल बन्द गरिएको जिल्ला प्रशासन कार्र्यलयका अनुगमन अधिकृत ओमनारायण शर्माले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);